लगानी सम्मेलनको पूर्वसन्ध्या स्वदेशी लगानीकर्ताहरू सडकमा

everest kitchen

काठमाडौँ । लगानी सम्मेलनको पूर्वसन्ध्या स्वदेशी लगानीकर्ताहरू सडकमा उत्रेर प्रदर्शन गरेका छन् । स्वदेशी लगानीकर्ताको सुरक्षा गर, नसके बन्द गर भन्ने नारासहित आज पुँजीबजार सङ्घर्ष समितिले माइतीघरमा विरोध प्रदर्शन गरेको हो ।

विदेशी लगानीकर्ताभन्दा पहिले नेपाली लगानीकर्ताहरूको समस्या बुझिदिन, प्रिमियम मूल्यमा आईपीओ जारी गर्ने काम बन्द गर्न, लगानीको वातावरण बनाउन पर्ने मागसहित लगानीकर्ताहरू सडकमा आएका छन् ।