चेन्नईमाथि गुजरात ३५ रनले विजयी

everest kitchen

काठमाडौँ । इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत गुजरात टाइटन्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ ।

गएराती सम्पन्न खेलमा गुजरात टाइटन्सले चेन्नई सुपर किंग्सलाई ३५ रनले पराजित गरेको हो ।

गुजरातले दिएको २३२ रनको लक्ष्य पछाएको चेन्नईले २० ओभरमा ८ विकेट गुमाउदै १९६ रन बनाएको थियो ।

यस अघि पहिला ब्याटिंग गर्दै गुजरातले कप्तान शुभमन गिलको १०४ र साइ सुदर्शनको १०३ रनको मद्धतले २० ओभरमा ३ विकेट गुमाउदै २३१ रन बनाएको थियो ।

गिल र सुदर्शनले पहिलो विकेटका लागि कीर्तिमानी २१० रनको साझेदारी गरेका थिए ।

यो जितपछि गुजरात टाइटन्सको १२ खेलमा १० अंक भएको छ र अंक तालिकामा आठौँ स्थानमा उक्लिएको छ ।  त्यस्तै चेन्नई सुपर किंग्सको भने यो यस सिजनमा छैटौं हार हो । १२ खेलमा ६ खेल जितेको चेन्नईको १२ अंक रहेको छ र अंक तालिकामा चौथो स्थानमा रहेको छ ।