धनकुटाको पाख्रीबासमा सवारी दुर्घटना

everest kitchen

मोहन राई/(पाख्रीबास) । धनकुटाको पाख्रीबास-लेगुवा सडक खण्डमा दुर्घटना भएको छ ।

आज बिहान ९: ५५ बजे बिराटनगरबाट भोजपुर तर्फ जांदै गरेको अरुण बरुण यातायातको को १ ख ४६१० नम्बरको बस र भोजपुरबाट बिराटनगर तर्फ जांदै गरेको मे १ ज २६११ नं को बोलेरो पाख्रीबास वडा नं ५ स्थित देबीथान मोडमा एकापासमा ठोक्किंदा दुर्घटना भएको हो ।

दुर्घटनामा कुनै मानविय क्षति नभएपनि बोलेरोलाई आंशिक क्षति पुगेकोले मर्मतका लागि पठाइएको र बोलेरोमा सवार यात्रुलाई अर्को गाडीबाट गन्तब्य स्थल तर्फ पठाइएको ईलाका प्रहरी कार्यालय पाख्रीबासले जनाएको छ ।