काठमाडौं, १४ पुस । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक २१ दशमलव १२ अङ्कले घटेको छ।
साताको पहिलो दिन दुई हजार छ सय नौ दशमलव ५८ बिन्दुमा कायम भएर अडिन पुगेको छ।
आज तीन सय १६ कम्पनीको एक करोड १० लाख ९९ हजार दुई सय ३९ कित्ता शेयर ६६ हजार सात सय ७४ पटक खरिदबिक्री भएको थियो।
जसअनुसार आज ५ अर्ब ४७ करोड ४८ लाख ६८ हजार सात सय ६४ बराबरको कारोबार भएको हो ।











