काठमाडौंँ । नेपाल हक्की संघको आयोजनामा यही वैशाख १७ देखी २६ गतेसम्म राष्ट्रिय महिला तथा पुरुष हक्की प्रतियोगिता हुने भएको छ । आयोजक नेपाल हक्की संघले आज (आईतवार) पत्रकार सम्मेलन आयोजना गर्दै प्रतियोगिताको बारेमा जानकारी दिएको हो ।
संघका अनुसार पुरुष तर्फको खेलहरु वैशाख १७ देखी २६ गतेसम्म आयोजना हुनेछ । भने महिला तर्फका खेलहरु १८ देखी २६ गतेसम्म आयोजना हुनेछ । प्रतियोगिताका खेलहरु च्यासल रंगशालाको फुटबल मैदानमा हुनेछ ।
प्रतियोगितामा पुरुष तर्फ कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश, नेपाल आर्मी क्लब, नेपाल पुलिस क्लब र एपिएफ क्लबले सहभागिता जनाउने भएका छन् । त्यस्तै महिला तर्फ मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र नेपाल आर्मीले सहभागिता जनाउने भएका छन् ।
पुरुष तथा महिला दुबै खेलमा शिर्ष ३ स्थान हातपार्ने टोलीले क्रमश ७५ हजार, ५० हजार र २५ हजार नगद पुरस्कार प्राप्त गर्ने आयोजकले जनाएको छ । त्यस्तै विधागत उत्कृट खेलाडीले जनही नगद ५ हजार पाउने भएका छन् । हरेक खेलको उत्कृष्ट खेलाडीलाई नगद २ हजारले पुरस्कृत गरिने छ ।
प्रतियाृगिता आयोजनाका लागि करिब ६० लाख खर्च हुने आयोजक नेपाल हक्की संघका महासचिव सुवर्ण श्रेष्ठले बताइन् ।