केजीएफ फेम यशको ‘टक्सिक’ कन्नड र हिन्दीसहित अग्रेजी भाषामा पनि

everest kitchen

हैदारबाद, १८ बैशाख । केजीएफ च्याप्टर १ र केजीएफ च्याप्टर २ को अभूतपूर्व सफलता पछि फ्यानहरू यशको अर्को फिल्मको लागि उत्सुकतापूर्वक पर्खिरहेका छन।

उनको अर्को फिल्म ‘टक्सिक’ को घोषणा हुनेबित्तिकै दर्शकमा ठूलो उत्साह छाएको थियो । तर अहिले आएको समाचारले हिन्दी दर्शकका लागि अलि निराशाजनक हुनसक्छ । सामाजिक सञ्जालमा टक्सिक कन्नड र अंग्रेजी भाषामा मात्रै रिलिज हुने बताइएको छ । यो खबर आउनेबित्तिकै फ्यानहरूले यशको फिल्म हिन्दीमा रिलिज नहुने भन्दै आक्रोश व्यक्त गरिरहेका थिए ।

केजीएफ च्याप्टर १ र २ ले हिन्दी दर्शकको मनमा विशेष स्थान बनाएको थियो र यशले पनि यहाँ धेरै मायासमेत पाएका थिए । यसपछि प्रयोगकर्ताहरूले सामाजिक सञ्जालमा आफ्नो असन्तुष्टि व्यक्त गर्न थालेका थिए तर अहिले हिन्दी भाषामा फिल्म रिलिज नहुने खबर निराधार सावित भएको छ ।

केजीएफ च्याप्टर २ लाई प्रशान्त नीलले निर्देशन गरेका हुन् । केवल हिन्दी संस्करणमा केजीएफ च्याप्टर २ ले भारतमा लगभग ४३४.७० करोड रुपैयाँ कमाएको थियो। यसले केजीएफ च्याप्टर २ लाई सो बर्ष तेस्रो सर्वाधिक कमाउने हिन्दी फिल्मको स्थिति बनेको थियो ।भारतमा फिल्मको कुल बक्स अफिस कलेक्सन ८०६.१ करोड रहेको छ ।