भक्तपुर, १८ बैशाख । भक्तपुरको सूर्यविनायक नगरपालिका वडा नं १ सिरुटारका वडा सचिव राम श्रेष्ठ पक्राउ परेका छन् ।
जुवा खेलिरहेको अवस्थामा वडा सचिव श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको हो । उनलाई मध्यपुर थिमि नगरपालिका वडा नं ४ एसएस चोकको एउटा घरमा तास खेलिरहेको बेला पक्राउ गरिएको हो । श्रेष्ठलाई नगद ६ हजार नौं सय रुपैँयासहित पक्राउ गरिएको हो ।
पक्राउ परेका वडा सचिव श्रेष्ठ मध्यपुर थिमि नगरपालिकाका एउटा वडाका वडा अध्यक्षका भाइसमेत हुन् । उनी मध्यपुर थिमि नगरपालिका वडा नं ५ का वडा अध्यक्ष बालकृष्ण श्रेष्ठका भाइसमेत हुन् ।
सोही समूहमा स्वास्थ्य मन्त्रालयका अधिकृत मीनबहादुर श्रेष्ठ पनि पक्राउ परेका छन् । उनलाई नगद रु. ११ हजार दुई सय रुपैँयासहित पक्राउ गरेको जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएको छ । उनीहरु दुवै जनासहित नौ जनाको समूहमा तास खेलिरहेको बेला एकैचोटी उनीहरु पक्राउ परेका हुन् ।