काठमाडौं, १९ बैशाख । तीन दिने नेपाल भ्रमण पूरा गरी भाजपा विदेश विभाग प्रमुख चौथाईवाले दिल्ली फर्केका छन्।
आफ्नो भ्रमणको क्रममा प्रधानमन्त्री, पूर्व प्रमहरु, उपप्रम, मन्त्रीहरु, प्रमुख राजनीतिक दलका शीर्ष नेताहरुसँगको भेट अत्यन्त फलदायी रहेको र यस भ्रमणले दुई देशबीचको सम्बन्ध झन् प्रगाढ हुने विश्वास व्यक्त गरेका छन्।
आतंकवाद विरुद्धको अभियानमा नेपाल सरकार र नेपालका सबै राजनीतिक दलको समर्थन रहने विश्वास व्यक्त गरेका छन्।