जबर्जस्ती करणी आरोपमा फरार युवक पक्राउ

everest kitchen

सिरहा, २२ ब‌ैशाख । सिरहामा जबरजस्ती करणी आरोपमा फरार रहेका एक युवकलाई  प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेमा सिरहा  बरियारपट्टी गाउँपालिका–१ का १९ वर्षीय विवेक साह रहेका  छन्।

 

प्रहरी चौकी कचनारी र प्रहरी  चौकी हरकट्टीबाट खटिएको संयुक्त प्रहरी टोलीले गोप्य सूचनाका आधारमा साहलाई औरही गाउँपालिका–१ स्थित नेपाल–भारत सीमा क्षेत्रको दरैया टोलबाट पक्राउ गरेको प्रहरीले जनाएको  छ।

 

सो स्थानमा लुकिछिपी बस्दै आएको सूचनाका आधारमा नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

पक्राउपछि साहलाई सम्मानित सिरहा जिल्ला अदालतबाट पाँच दिनको म्याद लिई अनुसन्धान कार्य अगाडि बढाइएको जिल्ला  प्रहरी कार्यालय  सिरहाले जनाएको छ।