रोम, २५ बैशाख । भ्याटिकनमा ७ मे २०२५ मा सुरु भएको पोप कन्क्लेभको पहिलो दिन कसैलाई पनि पोप चयन गर्न सकेन ।
जसअनुसार पहिलो चरणमा १३३ कार्डिनलहरूले मतदान गरेका थिए तर कुनै पनि उम्मेदवारले आवश्यक दुई तिहाइ बहुमत (८९ मतं) प्राप्त गर्न नसके पछि नयाँ पोप चयन हुन नसकेको हो।
साथै, रोमन क्याथोलिक चर्चको सिस्टिन चैपलको चिम्नीबाट निस्किएको कालो धुवाँले नयाँ पोप अझै चयन नभएको सङ्केत गरेको छ, यो एक प्रचलन हो ।
जसअनुसार अब कन्क्लेभ अब ८ मे २०२५ मा अगाडि बढेको छ। आज बिहान दुईवटा र दिउँसो २ः०० बजे २ वटा गरी चार चरणको मतदान हुनेछ। नयाँ पोप चयन नभएसम्म यो प्रक्रिया जारी रहने छ।
सिस्टिन च्यापलमा औपचारिक जुलुस र प्रत्येक कार्डिनलबाट गोपनियताको शपथ ग्रहण पछि बुधबार राति करिब ९ः१५ बजे पहिलो चरणको मतदान सुरु भएको थियो । करिब ३ घण्टाको प्रतिक्षा पछि बिहीबार राति १२ः३५ बजे कालो धुवाँ देखिएको थियो । त्यहाँ उपस्थित ४५ हजारभन्दा बढीले ताली बजाएका थिए ।
मतदान सुरु हुनु भन्दा करिब ९० मिनेटअघि सबै संकेतहरू बन्द गरिएका थिए। चुहावट रोक्न कन्क्लेभ क्षेत्रलाई कडा तालाबन्दीमा राखिएको थियो। सन् २०१३ मा पोप फ्रान्सिसको चुनावका लागि सिग्नल ब्लकरहरू जडान गर्दा यही विधि अपनाइएको थियो। सो अघि भ्याटिकनमा दैनिक काम गर्ने कर्मचारीले पनि मौन शपथ लिएका थिए ।
कन्क्लेभ एक गोप्य र पवित्र प्रक्रिया हो, जुन १३ औं शताब्दीदेखि चलिआएको छ। भ्याटिकनको संविधान अनुसार पोपको मृत्यु भएको १५ देखि २० दिनभित्र सम्मेलन सुरु गर्नुपर्छ। सम्मेलन सुरु हुनु भन्दा दुई दिनअघि भ्याटिकनका कर्मचारीहरू जस्तै पुजारी, सुरक्षा गार्ड, डाक्टर, प्राविधिक आदिले नयाँ पोपको निर्वाचनको गोपनियता कायम राख्नका लागि गोपनीयताको शपथ लिनु पर्ने हुन्छ । जो एसपटक पनि लिएका थिए ।
मतदान अघि सिस्टिन चैपल बाहिरी संसारबाट पूर्ण रूपमा अलग रहेको छ। यो पूरै क्षेत्रमा छानबिन भइरहेको छ। कार्डिनलहरूसँग मोबाइल फोन, इन्टरनेट वा समाचार पत्रहरूमा पहुँच पाउने छैनन्।
पोपको मृत्यु पछि अर्को पोप बन्ने दाबी गर्नेहरूका बारेमा कुनै आधिकारिक घोषणा अहिलेसम्म गरिएको छैन। नयाँ पोप चयन गर्ने प्रक्रियालाई ‘पापल कन्क्लेभ’ भनिन्छ। जब पोपको मृत्यु हुन्छ वा राजीनामा हुन्छ, क्याथोलिक चर्चका कार्डिनलहरूले नयाँलाई चुन्छन्।
कार्डिनलहरू वरिष्ठ पुजारीहरूको समूह हुन्। तिनीहरूको काम पोपलाई सल्लाह दिनु हो। प्रत्येक पटक पोप यी कार्डिनलहरू मध्येबाट छनोट गरिन्छ। पोप बन्नका लागि कार्डिनल हुनु आवश्यक नभए पनि अहिलेसम्मका प्रत्येक पोप निर्वाचित हुनुअघि कार्डिनल भइसकेका छन् ।
सबै कार्डिनलहरू जसले नयाँ पोप चयन गर्नेछन्, तिनीहरूमध्ये अधिकांश पोप फ्रान्सिसले चुनेका थिए । त्यसैले नयाँ पोप पनि फ्रान्सिस जस्तै उदारवादी र परिवर्तनलाई स्वीकार गर्ने हुने विश्वास गरिएको छ ।