पुर्ववती सरकारले ल्याएको राम्रा कार्यक्रमलाई निरन्तरता दिएका छौंः प्रधानमन्त्री

everest kitchen

काठमाडौं, २८ बैशाख । पुर्ववत पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले ल्याएको उचित नीति तथा कार्यक्रम निरन्तरता दिइएको प्रधानमन्त्री केपी शर्मा ओलीले बताएका छन् ।

प्रतिनिधिसभाको जारी बैठकमा नीति तथा कार्यक्रममा सांसदहरूले उठाएको प्रश्नको जवाफ दिदैँ प्रधानमन्त्री ओलीले उचित र राम्रा कार्यक्रम निरन्तरता दिइएकोमा जोड दिएका छन् ।

‘पुर्ववत सरकारले ल्याएको उचित र राम्रा नीति तथा कार्यक्रमलाई हरेक सरकारले निरन्तरता दिनु पर्छ, दिनेछ र दिइएको छ’ प्रधानमन्त्रीले भने, ‘पुर्वाधार विकासका राम्रा र उचित परियोजना पुनः प्राथमिकीकरण गर्ने काम गरेका छौं ।’