संसदीय समितिमा मलेसियाका सांसदसँग अनुभव आदानप्रदान गरिने

everest kitchen

काठमाडौं, ३० बैशाख । संघीय संसदका दुई समितिको बैठक बस्दैँछ ।

संघीय संसद सचिवालय, सिंहदरवार परिसरमा उक्त बैठक बस्नेछन् ।

जसअनुसार विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा मलेसियाका सांसदसँग संसदीय प्रक्रियाको वारे एक अर्कासँग अनुभव आदानप्रदान गरिने भएको छ । जुन बैठक ११ः०० बजे बोलाइएको छ।

उता, पूर्वाधार विकास समितिको बैठक बिहान ९ः०० बजे बोलाइएको छ। जुन बैठकमा समितिको वार्षिक मस्यौदा प्रतिवेदन, २०८१ तथा समितिमा प्राप्त उजुरीका बारेमा छलफल हुनेछ ।