मलेसियामा बुद्ध जयन्ती भब्य रुपमा सम्पन्न

everest kitchen

मलेसियामा २५६९ औं बुद्ध जयन्ती भब्य रुपमा सम्पन्न भएको छ ।
नेपाल राजदुतावास मलेसियाको मुख्य आयोजना र मलेसियामा रहेका नेपाली संघ संस्थाका प्रतिनिधिहरुको संलग्नतामा आयोजना गरिएको २५६९ औं बुद्ध जयन्ती कार्यक्रम क्वालालुम्पुर ब्रिकफिल्ड स्थित कान्डियान हलमा औपचारीक कार्यक्रम आयोजना गरी सोहि साँझ मलेसियाका बिभिन्न शहरमा बुद्ध ¥याली निकालेर कार्यक्रम आयोजना गरिएको थियो ।


औपचारीक कार्यक्रममा मलेसियामा रहेका झन्डै १० वटा राजदुतावासका प्रतिनिधि, बौद्ध गुरुहरु, बिभिन्न ब्यवसायीक, प्रतिष्ठित ब्यक्तित्वहरुको उपस्थिति रहेको थियो । सो अबसरमा मलेसियाका रहेका बौद्ध गुम्बाहरुको सबैभन्दा सर्बमान्य गुरु दातुक के श्री धम्मरतनाले बौद्ध धर्म र यसको महत्वको बारेमा जानकारी गराउनु भएको थियो ।
औपचारिक कार्यक्रम सकिएपछि बेलुका करिब ८ बजे ३० वटा भन्दा बढि रथहरुलाई बौद्ध धर्म अनुसार सजावट गरी मलेसियाको बिभिन्न स्थानमा रथारोहण गरिएको थिाये । जुन ¥यालीमा १० औं हजार मानिसहरुको सहभागिता रहेको थियो ।