काठमाडौं, ५ जेठ ।आइसिसी महिला टी–२० विश्वकपको एसियावाट नेपाल ग्लोबल छनोटमा परेको छ ।
आज भएको खेलमा सुपर–३ मा पुग्न सफल युनाइटेड अरब इमिरेटस (युएई) लाई पराजित गर्दै नेपाल पहिलोपटक ग्लोबल छनोटमा प्रवेश गरेको हो ।
आज भएको सुपर–३ अन्तर्गतको दोस्रो खेलमा युएईलाई ५ विकेटले पराजित गर्दै नेपालले एक खेल अगावै शीर्ष दुईमा रहदैँ ग्लोबल छनोटमा प्रवेश गरेको नेपाल क्रिकेट संघ (क्यान)ले खुसीका साथ जनाएको छ ।