रोनाल्डोको छोराले हाने २ गोल, पिता रोनाल्डो झै गरे सेलिब्रेसन

everest kitchen

काठमाडौं, ५ जेठ । पोर्चुगलको यू–१५ टिमबाट खेलिरहेका क्रिस्टियानो रोनाल्डो जुनियरले २ गोल गरेका छन् ।

इन्टरनेशनल भ्लाटको मार्कोभिक प्रतियोगिताको फाइनलमा क्रोसियाविरुद्ध पोर्चुगलको ३–२ को जितमा रोनाल्डो जुनियरले २ गोल गरेका हुन ।

रोनाल्डो जुनियरले गोल पछि आफ्ना पिता रोनाल्डोकै शैलीमा गरेको गोल ‘सु…’ सेलिब्रेसन गरे पछि अहिले विश्व फुटबलमा उनी थप चर्चित बनेका छन् । उनलाई रोनाल्डोकै शैलीमा खेलेको भन्दै प्रशंसासमेत गरिएको छ।

१३ बर्षिय रोनाल्डो जुनियरले पहिलो पटक राष्ट्रिय टिममा समावेश भएर खेल खेलेका हुन भने उनले पहिलो गोल समेत गरेका छन् ।

रोनाल्डो जुनियरले पोर्चुगलको राष्ट्रिय टिममा स्थान बनाए पछि युरोपका ठुला क्लबहरुले आफ्ना स्काउटलाई उनको खेल हेर्न पठाएको समेत मिडिया रिपोर्टमा उल्लेख छ । सम्भावित फुटबल स्टारको रुपमा रोनाल्डो जुनियरलाई आफ्नो क्लबमा भित्र्याउन क्लबहरुले पहल शुरु गर्न लागेको बताइएको छ ।

रोनाल्डो जुनियर हाल आफ्नै पिताको क्लब अल नासरका एकेडेमी खेलाडी हुन् ।