काठमाडाैं, ६ बैशाख । मन्त्रिपरिषद बैठक जारी रहेकाे छ ।
प्रधानमन्त्रीकाे सरकारी निवास बालुवाटारमा साे बैठक जारी रहेकाे हाे ।
बैठकले नयाँ गभर्नर नियुक्ति गर्ने सम्भावना रहेकाे छ । मंगलबार अर्थ मन्त्रालयमा बसेकाे गभर्नर सिफारिस समितिले तीन जनाकाे नाम सिफारिस गरिसकेकाे छ । तर, नाम भने खुलाइएकाे छैन ।