बैंकिङ कसूर मुद्दाका फरार दुई प्रतिवादी पक्राउ

everest kitchen

काठमाडौं, ७ जेठ । बैंकिङ कसूर मुद्दाका २ जना फरार प्रतिवादी पक्राउ परेका छन ।

पक्राउ पर्नेहरूमा ललितपुर महालक्ष्मी नगरपालिका–४ इमाडोल बस्ने धनुषा घर भएका ४० वर्षीय विप्लवकुमार कर्ण र काठमाडौं महानगरपालिका–३१ बस्ने रामेछाप घर भएका २७ वर्षीय सुजन घिसिङ तामाङ रहेका छन् ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले जिल्ला अदालत काठमाडौंबाट उक्त मुद्दामा पक्राउ पुर्जी जारी भई फरार रहेका विपलवलाई ललितपुर इमाडोलबाट र सोही मुद्दामा फरार रहेका सुजनलाई काठमाडौं जोरपाटीबाट पक्राउ गरेको हो ।

पक्राउ मध्ये विपलवलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत काठमाडौंमा पेश गरिएको छ भने सुजनलाई आवश्यक अनुसन्धान तथा कारवाहीको प्रहरी वृत्त महाराजगंज पठाइएको छ ।