काठमाडौं, ८ बैशाख । संघीय संसदका दुई समितिको बैठक बस्दैँछ ।
संघीय संसद सचिवालय सिंहदरबार परिसरमा उक्त बैठक बस्नेछन् ।
जसअनुसार विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक बिहान ११ः३० वाट सुरू हुनेछ, जुन बैठकमा विनियोजन विधेयक, २०८२ का सिद्धान्त र प्राथमिकता पूर्व बजेटका सम्बन्धमा छलफल गरिनेछ ।
उता, संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा विपद व्यवस्थापन (विपद जोखिम न्यूनीकरण, विपद प्रतिकार्य र विपद् पुनर्लाभ) सम्बन्धमा भएका काम कारबाही, विपद जोखिम न्यूनीकरणको लागि तयारी तथा भावी कार्ययोजना सम्बन्धमा छलफल हुदैँछ । जुन बैठक बिहान ११ः०० बजेवाट सुरू हुनेछ ।