श्रम सहचारी विकास कुमार रजकलाई नेपाली राजदूतावास क्वालालम्पुरद्वारा बिदाई तथा शुभकामना

everest kitchen

क्वालालम्पुर । मलेसियास्थित नेपाली राजदूतावासले श्रम सहचारीको रूपमा कार्यरत श्री विकास कुमार रजकलाई विशेष बिदाई कार्यक्रमको आयोजना गर्दै उहाँको पदोन्नति तथा स्वदेश फिर्तीको अवसरमा बधाई तथा शुभकामना व्यक्त गरेको छ।

नेपाल सरकारको सेवा अन्तर्गत श्रम सहचारीको जिम्मेवारी सम्हाल्दै आएका श्री रजक हालै उप-सचिव पदमा पदोन्नति भई नेपाल फर्किन लाग्नुभएको हो। दूतावास परिवारले आयोजित कार्यक्रममा उहाँको कार्यकालमा पुर्‍याएको योगदानको उच्च प्रशंसा गरिएको थियो।

राजदूत डा. नेत्रप्रसाद तिम्सिनाले कार्यक्रममा बोल्दै श्रम क्षेत्रको व्यवस्थापनमा श्री रजकको सक्रियता, समर्पण र व्यावसायिक दक्षताको प्रशंसा गर्दै आगामी दिनहरूमा अझ ठूलो जिम्मेवारीमा सफलता मिल्ने विश्वास व्यक्त गर्नुभयो।

कार्यक्रममा दूतावासका कर्मचारीहरू, मलेसियामा रहेका नेपाली समुदायका प्रतिनिधिहरू तथा अन्य अतिथिहरूको उपस्थिति रहेको थियो।

नेपाली राजदूतावास, क्वालालम्पुरले श्री रजकलाई व्यक्तिगत तथा व्यावसायिक जीवनमा उत्तरोत्तर सफलता, स्वास्थ्य र समृद्धिको शुभकामना व्यक्त गर्दै धन्यवाद ज्ञापन गरेको छ।