लिस्बन, पोर्चुगल । लिस्बनस्थित नेपाली राजदूतावासले छुटेका राहदानी तथा नागरिकता प्रमाणपत्रका सम्बन्धमा महत्वपूर्ण सूचना जारी गरेको छ।
राजदूतावासका अनुसार केही दिनअघि प्रहरी चारित्रिक प्रमाणपत्र प्रमाणीकरणका लागि उपस्थित भएका श्री दिनेश बहादुर भण्डारीको नेपाली राहदानी नं. PA1933175 दूतावासमै फेला परेको छ। राहदानी दूतावासमा सुरक्षित रहेको हुँदा उहाँ स्वयं यथासिघ्र दूतावासमा उपस्थित भई राहदानी बुझिलिनु हुन अनुरोध गरिएको छ।
यदि स्वयम् उपस्थित हुन नसकिने अवस्था भएमा, कसैलाई मञ्जुरीनामा (authorisation letter) कागजसहित पठाई राहदानी लिन सकिने व्यवस्था मिलाउन अनुरोध गरिएको छ।
यस्तैगरी, श्री टिका राम निरौलाको नेपाली नागरिकता प्रमाणपत्र नं. २०६६/८१४ (मोरङ) समेत दूतावासमा छुटेर रहेको छ। उहाँलाई पनि सो प्रमाणपत्र बुझिलिन आग्रह गर्दै स्वयम् उपस्थित भइ नागरिकता प्रमाणपत्र बुझिलिनु वा मञ्जुरीनामा पत्रसहित कसैलाई पठाई लिन सकिने सूचित गरिएको छ।
राजदूतावासले यस्ता महत्वपूर्ण कागजातहरू सुरक्षित राख्ने जिम्मेवारी निभाउँदै आएको छ र समयमा बुझिलिनु सबैको हितमा हुने बताएको छ।