वैदेशिक रोजगारीका लागि मलेसिया आएका बैतडीका लोकेन्द्र सिंह महताको निधन

everest kitchen

क्वालालम्पुर । बैतडी जिल्लाको शिवनाथ गाउँपालिका वडा नं. ४, स्वलपला बगार निवासी लोकेन्द्र सिंह महताको मलेसियामा निधन भएको छ। रोजगारीका सिलसिलामा मलेसिया आएका महताको निधनप्रति स्थानीय समुदाय शोकमा डुबेको छ।

मलेसियामा कार्यरत महताको निधनको कारणबारे विस्तृत जानकारी आउन बाँकी रहे पनि घटनालाई लिएर नेपाली दूतावास र सम्बन्धित निकायसँग समन्वय भइरहेको जनाइएको छ।