रियाद, — साउदी अरबको विभिन्न क्षेत्रमा हुरूब लागेका ३२ जना र अन्य ४९ जना गरी कुल ८१ जना नेपाली नागरिकको एक्जिट भिसा (Exit Visa) नेपाली राजदूतावास, रियादमार्फत प्राप्त भएको छ। राजदूतावासले आज सार्वजनिक गरेको सूचनाअनुसार, सम्बन्धित सबै महानुभावहरूलाई यथाशिघ्र स्वदेश फर्किन अनुरोध गरिएको छ।
सूचनामा उल्लेख भएअनुसार:
१. एक्जिट भिसा प्राप्त गरेका व्यक्तिहरूको नाम सूचीसहित संलग्न गरिएको छ। सम्बन्धित व्यक्तिहरूले आवश्यक तयारी गरी यथाशीघ्र नेपाल फर्किनु पर्नेछ।
२. फारम भरेका व्यक्तिहरूले आफ्नो भिसाको अवस्था (Status) तलको लिंकमार्फत इकामा नम्बर वा राहदानी नम्बर प्रविष्ट गरी जानकारी लिन सक्नेछन्:
🔗 https://sa.nepalembassy.gov.np/check-exit-status/
३. मोबाइलमा एक्जिट भिसा लागेको म्यासेज नआएको खण्डमा दमाम क्षेत्रका जनसम्पर्क अधिकारीसँग सम्पर्क गरी एक्जिट पेपर प्राप्त गर्न अनुरोध गरिएको छ।
यदि म्यासेज प्राप्त भइसकेको छ भने सो म्यासेज देखाएर एयरपोर्टमा सिधै जान सकिने व्यवस्था रहेको छ।
४. एक्जिट भिसा प्रोसेसिङ निःशुल्क हुनेछ। यसबापत कुनै शुल्क तिर्नु नपर्ने राजदूतावासले स्पष्ट पारेको छ। तर, हवाई टिकटको व्यवस्था भने सेवाग्राहीले आफैं गर्नु पर्नेछ।
५. राहदानी वा ट्राभल डकुमेन्टको नम्बर एकिन गरी मात्र टिकट खरिद गर्न अनुरोध गरिएको छ, ताकि भ्रम वा समस्या नहोस्।
नोट: हाल एक्जिट भिसा जारी गर्ने प्रक्रिया पुनः सुरु भएको छ। कतिपय देशका नागरिकको फाइल लामो समयदेखि Labour Office मा Queue मा रहेकाले सम्बन्धित सबैलाई धैर्य गर्न अनुरोध गरिएको छ।
थप जानकारीका लागि:
📞 ०११-४६१११०८ (बिहान ९:००–वेलुका ४:००)
📞 ०११-२८८३७९५ (दिउँसो ३:००–वेलुका ४:००)
📞 ०१२-६२२६६६५ (महावाणिज्यदूतावास, जेद्दा)
अथवा राजदूतावासको फेसबुक पेजमा प्रकाशित जानकारीमूलक सूचनाहरू हेर्न सकिनेछ।