४९५६ नयाँ राहदानी राजदूतावासमा प्राप्त : दमाममा वितरणका लागि विशेष कार्यक्रम

everest kitchen

रियाद, मे २५ — नेपाली राजदूतावास, रियादले राहदानी नवीकरणका लागि १३ मे २०२५ सम्म आवेदन दिएका ४९५६ जना नेपाली नागरिकका नयाँ राहदानी प्राप्त भएको जानकारी दिएको छ। राजदूतावासले सार्वजनिक गरेका दुई वटा लिंकहरूhttps://shorturl.at/EgfIK (पुराना पेन्डिङ) मा नाम समावेश भएका सेवाग्राहीहरूलाई पुरानो राहदानी र राजस्व रसिदसहित यथाशीघ्र सम्पर्क गर्न अनुरोध गरिएको छ।

पूर्वी क्षेत्र (दमाम) मा राहदानी वितरण कार्यक्रम

राजदूतावासले विशेष व्यवस्था गर्दै, ३० मे २०२५ शुक्रबार, बिहान ८:०० बजेदेखि ११:०० बजेसम्म, Durrat Al Faisaliah Rest House, Al Faisaliah, Dammam बाट राहदानी वितरण गरिने जानकारी दिएको छ।

📍 स्थानको नक्शा हेर्नुहोस्:
https://maps.app.goo.gl/XBEhkdQ5CSvJkaTj7

यसअघि प्रकाशित नाम सूचीहरूमा परेका तर अझै राहदानी नबुझेका, साथै बुझ्ने स्थान दमाम रोजेका सेवाग्राहीहरूका लागि पनि सोही स्थानबाट राहदानी वितरण गरिनेछ।

नोट गर्नु पर्ने महत्वपूर्ण कुराहरू:

  • राहदानी बुझ्न पुरानो राहदानीको सक्कल प्रति र राजस्व तिरेको सक्कल रसिद अनिवार्य रूपमा ल्याउनु पर्नेछ।

  • राहदानी बुझ्न आवेदक स्वयं उपस्थित हुनुपर्नेछ।

  • यदि कम्पनीबाट तोकिएको प्रतिनिधि पठाइने हो भने, कम्पनीको आधिकारिक पत्र र आवेदकको परिचय प्रमाण (इकामा) अनिवार्य हुनेछ।

यदि राहदानी बुझ्ने स्थान परिवर्तन गर्नुपर्ने अवस्था भएमा, कार्यालय समयभित्र ०११-४६१११०८ मा सम्पर्क गर्न अनुरोध गरिएको छ।