मस्कट, मे २६ — ओमानमा रहेका नेपाली नागरिकहरूका लागि राहत स्वरूप ओमान सरकारले लागू गरेको छुट अवधिमा स्वदेश फिर्ती (Departure during the grace period) योजनामा सहभागी हुन आवश्यक पर्ने फर्म भर्ने प्रक्रिया सम्बन्धी स्पष्ट जानकारी नेपाली राजदूतावास, मस्कटले सार्वजनिक गरेको छ।
यसअघि ०५ मे २०२५ मा राजदूतावासले सूचना जारी गर्दै ओमान सरकारको योजनाबारे जानकारी दिएको थियो। उक्त सूचनापछि धेरै सेवाग्राहीहरूले फोनमार्फत फर्म भर्ने प्रक्रिया बारे सोधखोज गरिरहेका कारण थप स्पष्टता दिने उद्देश्यले यो नयाँ सूचना जारी गरिएको हो।
ओमानको श्रम मन्त्रालय (Ministry of Labour) द्वारा अघि सारिएको यस योजनाअन्तर्गत, ओमानमा भिसा अवधि सकिएर अवैधानिक रूपमा बसोबास गरिरहेका विदेशी नागरिकहरूलाई जरिवाना मिनाहा गरी स्वदेश फर्किने अवसर प्रदान गरिएको छ।
फर्म कसरी भरिने?
फर्म भर्ने प्रक्रिया तस्बिर (फोटो) मार्फत स्पष्ट रूपमा अपलोड गरिएको छ। सेवाग्राहीहरूलाई फोटोहरू ध्यानपूर्वक हेरी फर्म भरिने तरिका बुझ्न अनुरोध गरिएको छ।
📌 फर्म भर्ने लागि श्रम मन्त्रालयको लिंक:
👉 https://www.mol.gov.om/…/registration-for-departure…
यो सुवर्ण अवसरको भरपूर उपयोग गरी, ओमानमा अवैधानिक रूपमा रहनुभएका नेपालीहरूले निःशुल्क रुपमा जरिवाना तिर्नु नपरी स्वदेश फर्किने प्रक्रिया सहज बनाउने सक्नेछन्।