म्याड्रिड, मे २६ — स्पेनस्थित नेपाली दूतावास, म्याड्रिडले राहदानी आवेदनका लागि नयाँ फारामहरू खुला गरिएको जानकारी दिएको छ। अब इच्छुक सेवाग्राहीहरूले अनलाइनमार्फत फाराम भरेर आवेदन प्रक्रिया अगाडि बढाउन सक्नेछन्।
फाराम भरिने वेबसाइट:
👉 https://emrtds.nepalpassport.gov.np
दूतावासले राहदानी आवेदन दिने सेवाग्राहीहरूलाई आवश्यक कागजातहरूको फोटोकपीसहित उपस्थित हुन आग्रह गरेको छ।
सम्बन्धित कागजातहरूको सूची हेर्न यहाँ क्लिक गर्नुहोस्:
👉 https://sp.nepalembassy.gov.np/pages/passport-3/
महत्त्वपूर्ण सूचना:
-
सबै आवेदकहरूले अनलाइन फारम भरिसकेपछि आवश्यक कागजातहरूको फोटोकपी लिएर दूतावासमा जानुपर्नेछ।
-
फाराम भर्ने र कागजात बुझाउने प्रक्रिया सहज बनाउन दूतावासले वेबसाइटमार्फत स्पष्ट निर्देशनहरू उपलब्ध गराएको छ।