कुवेत सिटी, मे २६ — कुवेतस्थित नेपाली राजदूतावासले राहदानीका लागि आवेदन दिएका नेपाली नागरिकहरूमध्ये ३१ बैशाख २०८२ (१४ मे २०२५) सम्म आवेदन दिनु भएका सेवाग्राहीहरूको नयाँ राहदानी प्राप्त भएको जानकारी गराएको छ।
दूतावासले नाम समावेश भएका राहदानी आईतबारदेखि बिहीबारसम्म (बिदाका दिन बाहेक) बिहान ९ बजे देखि दिउँसो १ बजे सम्म वितरण गरिने जानकारी दिएको छ। राहदानी बुझ्नका लागि आवेदक स्वयंले आफ्नो पुरानो सक्कल राहदानी र राजस्व बुझाएको रसिद अनिवार्य रूपमा ल्याउनु पर्नेछ।
नपुगेका आवेदकहरूका लागि विशेष अनुरोध
३१ बैशाखसम्म आवेदन दिइसकेका तर राहदानी प्राप्त नभएका व्यक्तिहरूलाई १८ जेष्ठ २०८२ (१ जुन २०२५), आइतबार बाट राजदूतावासमा सम्पर्क गर्न आग्रह गरिएको छ।
NA लेखिएको राहदानी विवरणमा विशेष सावधानी
राहदानी सूचीमा NA उल्लेख गरिएका विवरणहरूमा नाम भएका सेवाग्राहीहरूले नयाँ राहदानी बुझ्दा आफ्नो बायोपेज ध्यानपूर्वक हेरी मात्र बुझ्न दूतावासले विशेष आग्रह गरेको छ।










