राजदूत तुलाधर र कोपेनहेगनका रोजगार तथा समावेशीकरण मेयरबीच भेटवार्ता

everest kitchen

कोपेनहेगन, मे २६ — डेनमार्कका लागि नेपाली राजदूत श्रीमती सुम्निमा तुलाधरले आज कोपेनहेगन नगरपालिकाका रोजगार तथा समावेशीकरण मामिला हेर्ने मेयर, जेन्स-क्रिस्टियन लुटकेनसँग उनको कार्यलयमा शिष्टाचार भेट गर्नु भएको छ।

उक्त भेटवार्तामा नयाँ आइपुगेका नेपाली नर्सहरू र विद्यार्थीहरूको सम्मानजनक रोजगारी तथा प्रभावकारी समावेशीकरणका लागि गर्न सकिने व्यवहारिक उपायहरूबारे छलफल भएको थियो।

भेटमा नेपालका उप-राजदूत श्रीमती सबित्रा ओली र स्थानीय नेतृ श्रीमती हेइडी वाङ पनि सहभागी हुनु भएको थियो।

डेनमार्कमा रहेका नेपाली समुदायको रोजगारी, शिक्षा तथा सामाजिक समावेशीकरण प्रवर्द्धन गर्ने उद्देश्यले राजदूतावासले विभिन्न तहमा संवाद र सहकार्यलाई प्राथमिकतामा राख्दै आएको छ।