मलेसियामा ‘झापाली समाज’ गठनको तयारी, विश्वभरि छरिएका झापालीलाई एकजुट बनाउने प्रयास

everest kitchen

क्वालालम्पुर, मलेसिया — “विश्वभरि छरिएका झापाली एक हौं, समग्र झापा विकासको निमित्त हामी झापाली” भन्ने मूल नारासहित मलेसियामा पनि ‘झापाली समाज मलेसिया’ गठनको तयारी तीव्र रूपमा अगाडि बढिरहेको छ।

संसारभर फैलिएका झापाली समुदायलाई एकै सञ्जालमा जोड्ने र झापाको समग्र विकासमा हातेमालो गर्दै अगाडि बढ्ने उद्देश्यका साथ यो समाज गठन हुन लागेको हो। मलेसियामा बसोबास गर्ने सम्पूर्ण झापालीहरुलाई एकजुट गर्दै सामाजिक, पारस्परिक सहयोग तथा नेपाल र नेपालीको हितमा आवश्यक कार्यहरूमा सक्रिय भूमिका खेल्ने लक्ष्य रहेको समाजका अगुवा संयोजकहरूले बताएका छन्।

संस्थामा झापाली मात्र नभई अन्य क्षेत्र र समुदायका नेपालीहरुले पनि सहकार्य गर्न सक्नेछन्। सामाजिक सद्भाव, आपसी समझदारी र राष्ट्रिय हितका विषयमा एकजुट हुने विश्वाससहित सबैलाई आजैबाट समाजसँग जोडिन आग्रह गरिएको छ।

सम्पर्क विवरण:

  • रामकृष्ण कार्की : 📞 0125148878

  • अर्पण मगर : 📱 01133500499 (WhatsApp)

झापालीहरुको यस पहलले मलेसियामा नेपाली समुदायबीचको एकता र सामाजिक उत्तरदायित्वलाई अझ सशक्त बनाउने विश्वास गरिएको छ।