मलेसियामा रहेका नेपाली श्रमिकका समस्याहरूको समाधानबारे प्रत्यक्ष परामर्श कार्यक्रम, शुक्रबार नेपाली दूतावासको फेसबुकबाट प्रसारण हुने

everest kitchen

क्वालालम्पुर, मलेसिया – वैदेशिक रोजगारीमा रहेका नेपाली श्रमिकहरूलाई विभिन्न समस्या—जस्तै कानुनी सहायता, दुर्घटना, मृत्यु, ठगी, उद्धार तथा राहत सम्बन्धी विषयमा प्रत्यक्ष परामर्श प्रदान गर्न नेपाली राजदूतावास क्वालालम्पुरले एक विशेष कार्यक्रमको आयोजना गर्ने भएको छ।

यो कार्यक्रम “सुनौं, सिकौं” शृंखलाको भागस्वरूप आउँदो शुक्रबार (मलेसियाली समय अनुसार साँझ ५:१५ बजे) देखि फेसबुक लाइभमार्फत प्रसारण गरिनेछ। कार्यक्रममा वैदेशिक रोजगार विभागका निर्देशक टिकाराम ढकाल सहभागी हुँदै श्रमिकहरूले भोग्ने समस्याबारे सरकारको योजना तथा सहयोगबारे जानकारी दिनेछन्।

कार्यक्रम स्वस्तिक हिमालयन ग्रुपको व्यवस्थापन सहयोगमा तयार गरिएको हो, जसले मलेसियामा कार्यरत नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूको हितका लागि विविध जानकारीमूलक र सन्देशमूलक सामग्री प्रस्तुत गर्नेछ।

कार्यक्रमका विशेष पक्षहरू:

  • शारीरिक र मानसिक स्वास्थ्य सम्बन्धी परामर्श

  • चिकित्सक, मनोसामाजिक सल्लाहकार, कलाकार, उत्प्रेरक वक्ताहरूको सहभागिता

  • स्वस्थ जीवनशैली र खानपान सम्बन्धी उपयोगी जानकारी

  • प्राकृतिक तथा एलोपेथिक उपचारका उपायहरू

  • व्यक्तिगत जिज्ञासाको गोप्य समाधान र

  • “फ्रेस माइण्ड” बनाउने विशेष अभ्यास र ज्ञान

कार्यक्रममा सहभागी हुने तरिका:

  • Embassy of Nepal, Malaysia को फेसबुक पेजमार्फत शुक्रबार साँझ ५:१५ देखि ६:१५ बजेसम्म प्रत्यक्ष जोडिने।

  • कार्यक्रम लाइक, कमेन्ट, प्रश्न पठाउने र साथीभाइ माझ शेयर गर्ने।

सम्पर्क विवरण:

📞 Embassy of Nepal, Malaysia
फोन: +60 16-247 2777
इमेल: eonkualalumpur@mofa.gov.np

📞 नेपालस्थित सम्पर्क व्यक्ति
सिमोन न्यौपाने (स्वस्तिक हिमालयन ग्रुप)
ह्वाट्सएप: +977-9851184094
इमेल: swostikgroup77@gmail.com

🚨 स्वास्थ्यमा समस्या परे तुरुन्त सम्पर्क गर्नुहोस्:
📱 हेल्प डेस्क – +977 9851410096
📱 डा. राजन लुइटेल (जनरल फिजिसियन) – +977 9851410097
📱 नवराज फुयाल (क्लिनिकल साइकोलोजिस्ट) – +977 985140098

नछुटाउनुहोस् – यो कार्यक्रम श्रमिकहरूको जीवनमा सकारात्मक परिवर्तन ल्याउने एउटा महत्वपूर्ण प्रयास हो।