गणतन्त्र दिवस २०८२ को अवसरमा बहराइनस्थित नेपाली राजदूतावासमा कार्यक्रम आयोजना

everest kitchen

मनामा, बहराइन –
नेपालको गणतन्त्र दिवस २०८२ को अवसरमा बहराइनको नेपाली राजदूतावासले विशेष कार्यक्रमको आयोजना गर्ने भएको छ। नेपालको राष्ट्रिय झण्डा फहराउने र शुभकामना आदानप्रदान गर्ने कार्यक्रम २०८२ जेठ १५ गते (२९ मे २०२५), बिहिबार बिहान ९ बजे नेपाली राजदूतावास, जुफैर, मनामा, बहराइनमा हुनेछ।

राजदूतावासले बहराइनमा रहेका नेपाली समुदाय, संघसंस्थाका प्रमुख र प्रतिनिधिहरूलाई कार्यक्रमको लागि अनुरोध गरेको छ। यस अवसरमा नेपाल र नेपाली समुदायका सबै सदस्यलाई एकतामा साझा खुशी मनाउन, समृद्ध नेपाल र समृद्ध नेपालीको लागि शुभकामना आदानप्रदान गर्ने अवसर प्राप्त हुनेछ।

यसै अवसरमा, गणतन्त्र दिवसको दिन २०८२ जेठ १५ गते (२९ मे २०२५) सार्वजनिक बिदा हुने भएकाले नेपाली राजदूतावास बन्द रहने जानकारी समेत सबैलाई दिइएको छ।

कार्यक्रममा उपस्थित भएर नेपालको गणतन्त्र दिवस मनाउनका लागि सबैलाई हार्दिक अनुरोध गरिन्छ।