नेपाली राजदूतावास, क्वालालम्पुरमा १७ औं गणतन्त्र दिवस मनाइयो

everest kitchen

क्वालालम्पुर, मलेसिया | २०८२ जेठ १५ — आज मिति २०८२ जेठ १५ गते नेपाली राजदूतावास, क्वालालम्पुरले १७औं गणतन्त्र दिवस भव्य रुपमा मनाएको छ। दूतावासको कर्मचारीहरूको उपस्थितिमा आयोजित उक्त कार्यक्रमको अध्यक्षता मलेसियामा नेपालका राजदूत महामहिम डा. नेत्रप्रसाद तिम्सिनाले गर्नुभएको थियो। उहाँले झन्डोतोलन गरेर गणतन्त्र दिवसको औपचारिक उद्घाटन गर्नुका साथै नेपालको गणतन्त्र प्रणालीको महत्त्व र नेपाली जनताको संघर्ष र समृद्धिको मार्गमा गरेको योगदानको चर्चा गर्दै सबैलाई शुभकामना व्यक्त गर्नुभएको थियो।

गणतन्त्र दिवसको अवसरमा नेपाली राजदूतावास परिसरमा दिप प्रज्वलनको कार्यक्रम पनि आयोजना गरिएको छ। यसमा राजदूत निवास, कूटनीतिक कर्मचारीहरूको निवास र दूतावास परिसरका अन्य स्थानहरूमा दिप प्रज्वलन गरी नेपाली संस्कृति र ऐतिहासिक धरोहरको सम्मान गरिएको थियो।

कार्यक्रममा नेपाली राजदूतावासका कर्मचारीहरू र अन्य कूटनीतिक प्रतिनिधिहरूको उत्साहजनक उपस्थिती रहेको थियो। राजदूत डा. तिम्सिनाले गणतन्त्र दिवसको महत्त्व र नेपालको संविधान, प्रजातन्त्र र समानताको पक्षमा नेपालीहरूको निरन्तर संघर्षको बारेमा प्रकाश पार्नु भयो। उहाँले भने, “हाम्रो गणतन्त्रले सबै नेपालीलाई समान अवसर र अधिकार दिने सुनिश्चित गरेको छ। यसलाई सशक्त बनाउन हामी सबैको सहयोग र प्रतिबद्धता अत्यन्त महत्वपूर्ण छ।”

गणतन्त्र दिवसका अवसरमा राजदूत डा. तिम्सिनाले सबै नेपालीलाई नेपालको सार्वभौमिकता र स्वतन्त्रताको सम्मान गर्न र देशको समृद्धिको लागि एकजुट भएर काम गर्न आह्वान गर्नु भएको थियो। उहाँले नेपाली समुदायलाई आगामी दिनहरूमा अझ समृद्ध र समावेशी नेपाल निर्माणका लागि आफ्नो योगदान सँगै पुर्याउने प्रतिबद्धता व्यक्त गर्नुभयो।

आजको गणतन्त्र दिवस समारोहले नेपालको गणतन्त्र प्रणालीको स्थायित्व र प्रजातन्त्रका मूल्यहरूको रक्षा गर्ने दिशामा नेपाली नागरिकहरूको दायित्व र जिम्मेवारीलाई थप सशक्त बनाएको छ। नेपाली राजदूतावास, क्वालालम्पुरले यस्ता कार्यक्रमहरूलाई निरन्तर सञ्चालन गरेर नेपाल र मलेसियामा रहेका नेपालीहरूको एकता र सशक्तिकरणमा योगदान पुर्याउने प्रतिबद्धता राखेको छ।

#गणतन्त्र_दिवस #नेपाली_राजदूतावास #क्वालालम्पुर #नेपाल #प्रजातन्त्र #नेपालको_गणतन्त्र #स्वतन्त्रता