सिओल, दक्षिण कोरिया | मे ३०, २०२५
नेपाली राजदूतावास, सिओलले कोरियामा रहेका नेपाली नागरिकहरूलाई सहज र सरल रूपमा सेवा प्रदान गर्न पुनः एक पटक राहदानी घुम्ती शिविर तथा श्रमिक सचेतना कार्यक्रमको आयोजना गर्ने भएको छ।
राजदूतावासको आयोजनामा र नोन्सान नेपाली समाजको सहकार्यमा यो कार्यक्रम यही ८ जुन २०२५ (२५ जेठ २०८२) मा नोन्सानमा सञ्चालन हुने भएको हो। यो कार्यक्रम राजदूतावासद्वारा विगतमा सञ्चालन गरिँदै आएको शिविरहरूको निरन्तरता हो।
सेवाहरू:
- 
राहदानी नवीकरण सेवा 
- 
श्रमिक सचेतना कार्यक्रम 
- 
कन्सुलर जानकारी र कानुनी सहायता 
विशेष जानकारी:
राजदूतावासले प्रष्ट पारेको छ कि राहदानी तथा कन्सुलर सेवामा कानुनले तोकेको शुल्क बाहेक अन्य कुनै पनि शुल्क लाग्ने छैन। साथै, राहदानी नविकरणका लागि १ वर्षभन्दा कम म्याद बाँकी भएका सेवाग्राहीहरूले आज (३० मे) ३ बजेपछि फर्म भरेर प्राप्त भएको QR कोड सम्बन्धित सम्पर्क व्यक्तिलाई अनिवार्य रूपमा पठाउनु पर्नेछ।
महत्त्वपूर्ण सूचनाहरू:
- 
अवैधानिक रूपमा बसोबास गरिरहेकाहरूको राहदानी नवीकरण सो स्थानबाट गरिने छैन। 
- 
नवजात शिशुको राहदानी सेवा भने केवल दूतावासबाट मात्र उपलब्ध हुनेछ। 
- 
राहदानीको शुल्क अनलाइन भुक्तानी माध्यमबाट मात्र स्वीकार्य हुनेछ। 
आवश्यक कागजातहरू:
- 
पुरानो राहदानी र त्यसको प्रतिलिपि (फ्रन्ट र ब्याक पेज) 
- 
नागरिकताको प्रतिलिपि (फ्रन्ट र ब्याक पेज) 
- 
सक्कल रेसिडेन्स कार्ड 
- 
थुङ्गको लागि ₩3000 (कोरियन वोन) नगद 
सम्पर्क व्यक्ति:
- 
टेक बहादुर: 010-5957-5829 
- 
पीएन शेर्पा: 010-7444-0203 
- 
सोनाम शेर्पा: 010-7266-4721 
- 
ईश्वर देवकोटा: 010-2966-2219 
 
                











