लिस्बन, पोर्चुगल | मे २९, २०२५
लिस्बनस्थित नेपाली राजदूतावासले आगामी सोमवार, २ जुन २०२५देखि आफ्नै कार्यालय भवनबाट विद्युतीय राहदानी (E-Passport) सेवा सञ्चालन गर्ने घोषणा गरेको छ।
राजदूतावासले जारी गरेको विज्ञप्तिमा उल्लेख भएअनुसार, Rua Pero de Alenquer 29, 1400-069, Lisboa मा अवस्थित दूतावासको कार्यालयबाट राहदानी सेवा उपलब्ध गराइनेछ।
सेवा लिन सक्ने आवेदकहरू:
-
राहदानी हराएका
-
राहदानीको म्याद सकिएका
-
पोर्चुगिज सम्बन्धित निकायमा राहदानी फाल्ता पेश गरिसकेका
यी अवस्थाका व्यक्तिहरूले आफ्नो समस्या पुष्टि गर्ने कागजातहरू सहित राहदानीको आवेदन दिन सक्नेछन्।
अपोइन्टमेन्ट लिन अनलाइन फाराम अनिवार्य
राहदानी सेवाका लागि इच्छुक सेवाग्राहीहरूले राजदूतावासको आधिकारिक वेबसाइट www.nepalembassy.gov.np मा गई विद्युतीय राहदानी सम्बन्धी पृष्ठमा पहुँच गरेर फाराम भरी अनलाइन अपोइन्टमेन्ट लिनुपर्ने व्यवस्था गरिएको छ।
आवश्यक कागजातहरू:
-
राहदानी फारामको प्रिन्ट १ प्रति
-
पुरानो राहदानी (हराएको खण्डमा त्यसको प्रतिलिपि)
-
सक्कल नेपाली नागरिकता प्रमाणपत्र वा हराएको खण्डमा रंगिन प्रतिलिपि
थप जानकारीका लागि दूतावासको राहदानी पृष्ठ हेर्न सकिनेछ: https://pt.nepalembassy.gov.np/pages/passport-service-4/
सीमित समयका लागि अपोइन्टमेन्ट:
हाललाई २ जुनदेखि १३ जुन २०२५ सम्मका मितिहरूमा मात्र अपोइन्टमेन्ट उपलब्ध रहेको जानकारी दिइएको छ। त्यसपछिका मितिहरू क्रमशः खोलिने भएकाले अत्यावश्यक सेवाबाहेकका आवेदकहरूलाई केही समय प्रतिक्षा गर्न अनुरोध गरिएको छ।