एनआरएनए अमेरिका: २०२५–२०२७ कार्यकालका लागि सदस्यता वितरण प्रक्रिया सुरु

everest kitchen

वाशिङ्टन डीसी, अमेरिका –

गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् अमेरिका (NRNA NCC USA) ले आगामी २०२५–२०२७ कार्यकालका लागि सदस्यता वितरण प्रक्रिया औपचारिक रूपमा सुरु गरेको छ। संघको आधिकारिक वेब पोर्टलमार्फत सदस्यता दर्ता तथा नविकरण प्रक्रिया सञ्चालन गरिएको जानकारी सचिवालयले सार्वजनिक गरेको हो।

सदस्यता प्रमाणीकरणका लागि अन्तरिम समिति गठन

सदस्यता प्रमाणीकरण प्रक्रिया औपचारिक प्रमाणीकरण तथा अनुगमन समिति गठन नभएसम्मका लागि निम्न व्यक्तिहरूको संयोजनमा सञ्चालन हुने जनाइएको छ:

तेज पौडेल – युवा संयोजक

दुर्गा तिवारी – बोर्ड अफ डाइरेक्टर

लक्ष्मण डर्लामी – बोर्ड अफ डाइरेक्टर

कपिल शरण वाग्ले – अध्यक्ष, जर्जिया च्याप्टर

अनलाइन आवेदन प्रणालीमार्फत सदस्यता

सदस्यता लिन इच्छुक नेपालीहरूले संघको वेबसाइट (https://www.nrnusa.org/) मा गई अनलाइन फर्म भरि दर्ता प्रक्रिया पूरा गर्न सक्नेछन्। प्रक्रियालाई सहज बनाउने उद्देश्यले दर्ता तथा नविकरणसम्बन्धी निर्देशनहरू र भिडियो सामग्रीहरू समेत वेबसाइटमा राखिएको छ।

दर्ता तथा नविकरण निर्देशिका लिंकहरू:

आवेदन निर्देशन: https://www.nrnusa.org/enrollment-renewal-instructions/

भिडियो सहायता: https://nrnusa.org/membership-renewal-instructions/

संघले सम्पूर्ण अमेरिकावासी नेपाली समुदायलाई सदस्य बन्न आह्वान गर्दै, “आफू पनि सदस्य बनौं, अरूलाई पनि सदस्य बन्न प्रेरित गरौं” भन्ने अभियान सुरु गरेको छ।

संघको सचिवालयले सदस्यतामार्फत नेपाली समुदायको आवाज बलियो बनाउने, नीति निर्माणमा सहभागिता सुनिश्चित गर्ने र आगामी निर्वाचन प्रक्रिया पारदर्शी तथा सहभागी बनाउने विश्वास व्यक्त गरेको छ।

थप जानकारी र सहयोगको लागि NRNA NCC USA सचिवालयमा प्रत्यक्ष सम्पर्क गर्न सकिनेछ।