एनआरएनए तोचिगीद्वारा पहिलो ऐतिहासिक नेपाली फेस्टिभल आयोजना हुँदै

everest kitchen

तोचिगी, जापान – हिमाल टाईम्स

रितिरिवाज, रहनसहन, भाषा, भेषभूषा, कला र संस्कृतिको पुस्तान्तरण गर्दै नेपाली पहिचान र अस्तित्वलाई विश्वभर फैलाउने मूल उद्देश्यका साथ, गैरआवासीय नेपाली संघ (NRNA) तोचिगीको आयोजनामा “प्रथम तोचिगी ऐतिहासिक नेपाली फेस्टिभल” आयोजना गरिने भएको छ।

यो कार्यक्रम जापानमा रहेका सम्पूर्ण नेपालीहरूलाई एकताको सूत्रमा बाँध्दै, आपसी सहकार्य र सद्भावमा जोड दिने हेतुले आयोजना हुन लागेको हो। नेपालका विभिन्न भेगबाट व्यवसाय, रोजगारी तथा अध्ययनको सिलसिलामा जापान आइ तोचिगी तथा आसपासमा बसोबास गरिरहेका सम्पूर्ण नेपालीहरूलाई सपरिवार उपस्थित भई कार्यक्रममा सहभागी भइदिन आयोजकले हार्दिक निमन्त्रणा गरेको छ।

कार्यक्रमका उद्देश्य:

  • नेपाली कला, संस्कृति, भेषभूषा, भाषा र परम्पराको प्रवर्द्धन

  • प्रवासी नेपालीबीच आपसी एकता, सहकार्य र सञ्जाल विस्तार

  • दोस्रो पुस्तामा नेपालीपनको पुस्तान्तरण

कार्यक्रममा सांस्कृतिक प्रस्तुती, नेपाली खानाका स्टलहरू, बालबालिकाका गतिविधि, सामुदायिक छलफल लगायत विविध रचनात्मक गतिविधिहरू रहनेछन्। यसले प्रवासी जीवनमा नेपालीपनको अनुभूति दिलाउने र समुदायबीच आपसी सम्बन्ध अझ बलियो बनाउने अपेक्षा गरिएको छ।

एनआरएनए तोचिगीले सबैलाई कार्यक्रम सफल पार्न सपरिवार उपस्थित भई साथ दिन हार्दिक अपिल गरेको छ।