एनआरएन क्यानाडाद्वारा नेपाली विद्यार्थीका लागि वार्षिक छात्रवृत्ति कार्यक्रम घोषणा

everest kitchen

टोरन्टो, क्यानाडा – क्यानाडामा रहेका नेपाली विद्यार्थीहरूका लागि एक सुखद खबर आएको छ। गैरआवासीय नेपाली संघ (एनआरएन) क्यानाडाले नेपाली मूलका विद्यार्थीहरूका लागि वार्षिक छात्रवृत्ति कार्यक्रम सुरु गर्ने घोषणा गरेको छ।

एनआरएन क्यानाडाका युवा तथा दोस्रो पुस्ता संयोजक प्रतिक भण्डारीका अनुसार, विद्यार्थीहरूको शैक्षिक उत्कृष्टता र सामुदायिक सहभागितालाई प्रोत्साहन गर्न यो कार्यक्रम ल्याइएको हो। यस कार्यक्रम अन्तर्गत दुई जना विद्यार्थीहरूलाई ५०० क्यानेडियन डलर (CAD) बराबरको छात्रवृत्ति प्रदान गरिनेछ।

छात्रवृत्ति कार्यक्रमका प्रमुख विशेषताहरू:

डोमेस्टिक स्ट्रिम (स्थानीय विद्यार्थीहरू) – CAD $500
इन्टरनेशनल स्ट्रिम (अन्तर्राष्ट्रिय विद्यार्थीहरू) – CAD $500

कार्यक्रममा सहभागी हुन चाहने विद्यार्थीहरूले क्यानाडाको विश्वविद्यालय, कलेज वा अन्य स्नातकोत्तर शैक्षिक संस्थामा अध्ययनरत हुनु पर्नेछ। उनीहरू क्यानाडाली नागरिक, स्थायी बासिन्दा (Permanent Resident), वा मान्य स्टडी पर्मिट/PGWP भएका हुनुपर्नेछ।

योग्यता मापदण्ड:

– शैक्षिक प्रदर्शन
– नेपाली समुदायप्रतिको सेवा र संलग्नता

आवेदन विवरण र फारम:

पूर्ण जानकारीको लागि मार्गदर्शन दस्तावेज:
छात्रवृत्ति विवरण हेर्नुहोस्

आवेदन फारम:
आवेदन फारम भर्नुहोस्

आवेदन खुला भइसकेको छ र योग्य विद्यार्थीहरूले यो अवसरको लाभ उठाउन अनुरोध गरिएको छ।

एनआरएन क्यानाडाले यस छात्रवृत्ति कार्यक्रमलाई स्थायी बनाउँदै लैजान चाहेको बताएको छ। संस्थाले नेपाली समुदायका अन्य दाताहरूलाई पनि यो कोषमा आर्थिक सहयोग गर्न अपिल गरेको छ। संकलित रकम दुबै स्ट्रिममा समान रूपमा वितरण गरिनेछ।

छात्रवृत्ति सम्बन्धी थप जानकारी वा सहयोग गर्न चाहनेहरूलाई scholarship@nrnacanada.org मा सम्पर्क गर्न आग्रह गरिएको छ।

“यो कार्यक्रम हाम्रो समुदायका युवाहरूलाई प्रोत्साहन गर्ने एउटा सुरुवात मात्र हो,” संयोजक भण्डारीले भने, “हामी सबैको सानो योगदानले ठूलो परिवर्तन ल्याउन सक्छ।”

– एनआरएन क्यानाडा समाचार डेस्क