दोहा, कतार – २०२५ मे ३०, शुक्रबारका दिन नेपाल मगर संघ, शाखा कतारको मातहतमा रहेका सम्पूर्ण विभाग तथा एरिया समितिहरूको संयुक्त भेला दोहामा सम्पन्न भएको छ। सो भेलाबाट विभिन्न एरिया समितिका अध्यक्ष तथा महिला विभागको संयोजक सहित सम्पूर्ण कार्यसमिति सर्वसम्मत रूपमा चयन गरिएको छ।
नयाँ नेतृत्व चयनप्रति अध्यक्ष रेशम आले मगरले सम्पूर्ण नव-निर्वाचित पदाधिकारीहरूलाई बधाई ज्ञापन गर्दै कार्यकाल सफलताको शुभकामना व्यक्त गर्नुभएको छ। साथै संघको सांगठनिक मजबूती र मगर समुदायको हक, अधिकार, संस्कृति र पहिचानको प्रवर्द्धनमा सबै मिलेर अगाडि बढ्नुपर्नेमा जोड दिनुभयो।
नव-निर्वाचित पदाधिकारीहरू:
महिला विभाग संयोजक: सीता राना मगर
दोहा एरिया समिति अध्यक्ष: नेत्र थापा मगर
सनैया ‘ए’ एरिया समिति अध्यक्ष: नर बहादुर थापा मगर
सनैया ‘बि’ एरिया समिति अध्यक्ष: निर्मल घर्ती मगर
वक्रा एरिया समिति अध्यक्ष: भिम कुमार एक्चाई मगर
सहानिया एरिया समिति अध्यक्ष: कृष्ण घर्ती मगर
उम्सलाल एरिया समिति अध्यक्ष: पदम थापा मगर
कार्यक्रमले नेपाल मगर संघ, शाखा कतारको सांगठनिक स्वरूपलाई अझ सुदृढ बनाउँदै लैजाने संकेत दिएको छ। सहभागीहरूले नव-निर्वाचित नेतृत्वलाई पूर्ण सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए।
– हिमाल टाईम्स, कतार समाचार डेस्क