क्वालालम्पुर, मलेसिया – मलेसियास्थित नेपाली राजदूतावास, क्वालालम्पुरले पेनाङ्ग सहरमा बसोबास गर्ने नेपाली श्रमिकहरूलाई लक्षित गर्दै राहदानी नविकरण, वितरण तथा अन्य कन्सुलर सेवा उपलब्ध गराउने उद्देश्यले घुम्ती सेवा सञ्चालन गर्ने भएको छ।
राजदूतावासले जारी गरेको सूचनाअनुसार सेवा आगामी २०८२ जेठ २४ र २५ गते (अनुसार ७ र ८ जुन २०२५) मा Sunshine Square, Level 4 Banquet Hall, Lot 27 Jalan Mayang Pasir, Bandar Bayan Baru, 11950, Bayan Lepas, Pulau Pinang मा उपलब्ध गराइनेछ।
सेवा सञ्चालन समय:
जेठ २४ (७ जुन): बिहान ८ बजेदेखि बेलुका ५ बजेसम्म
जेठ २५ (८ जुन): बिहान ८ बजेदेखि दिउँसो १ बजेसम्म
उपलब्ध सेवाहरू:
-
राहदानी नविकरण (सामान्य अवस्थामा)
-
राहदानी नविकरण (हराएको, नासिएको, च्यातिएको वा क्षति पुगेको अवस्थामा)
-
राहदानी संकलन (अघिल्लोपटक आवेदन दिएकाहरूका लागि)
-
श्रमसम्बन्धी गुनासो वा समस्या टिपोट
आवश्यक कागजातहरू:
-
सक्कल राहदानी वा स्पष्ट फोटोकपी
-
नागरिकताको सक्कल वा बुझिने फोटोकपी
-
अनलाइन आवेदन फाराम (https://emrtds.nepalpassport.gov.np)
-
राहदानी नविकरण शुल्क तिरेको रसिद
-
राहदानी संकलनको हकमा – पुरानो राहदानी विवरण
-
श्रम गुनासोको हकमा – निवेदन र राहदानीको फोटोकपी
शुल्क विवरण:
-
सामान्य राहदानी नविकरण: रिङ्गिट २४०
-
नासिएको वा हराएको राहदानी नविकरण: रिङ्गिट ३६०
सेवामा सहभागी हुन चाहने व्यक्तिहरूले अनिवार्य रूपमा यो गुगल फारम मार्फत आफ्नो सहभागिता विवरण वा राहदानी संकलनको विवरण भरिदिनु पर्नेछ।