शाह आलम (मलेसिया), नेपाली खेलप्रेमीका लागि उत्साहजनक खबर! प्रथम आर टी एफ सी गोल्ड कप २०२५ को खेल तालिका सार्वजनिक गरिएको छ।
प्रतियोगिता आगामी जुन ७ र ८ तारिखमा Panasonic Stadium, Shah Alam मा सम्पन्न हुने तय भएको छ।
प्रतियोगितामा विभिन्न नेपाली टिमबीच प्रतिस्पर्धा गराइने छ भने खेलाडीहरूलाई अन्तर्राष्ट्रिय स्तरको अनुभव दिलाउने लक्ष्य राखिएको आयोजकको भनाइ छ।
यो प्रतियोगिता प्रवासमा रहेका नेपालीबीचको आत्मीयता र गर्वको प्रतीक बन्ने अपेक्षा गरिएको छ।
नेपाली समुदायबीच आपसी सद्भाव र खेलकुदको माध्यमबाट एकता बढाउने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागेको आयोजकले जनाएको छ ।