काठमाडौं – जेठ १९, २०८२
सन् २०२३ नोभेम्बर ३ मा गएको विनाशकारी भूकम्पले जाजरकोट जिल्ला, नलगाड नगरपालिका–८, काप्रामा अवस्थित जनकल्याण प्राथमिक विद्यालय पूर्ण रूपमा ध्वस्त भएको आज १८ महिना पूरा भइसकेको छ। यद्यपि, बालबालिकाहरू अझैसम्म पनि टिनको अस्थायी टहरामा अत्यन्तै कठिन परिस्थितिमा अध्ययन गर्न बाध्य छन्।
उक्त कारुणिक अवस्थाको जानकारी पाएपछि, गैरआवासीय नेपाली संघ (NRNA) नेदरल्याण्डका कोषाध्यक्ष कमल प्रसाद विश्वकर्मा स्वयम् स्थलगत निरीक्षणका लागि जाजरकोट पुगेका थिए। उनले कार्यसमितिमा पेश गरेको प्रतिवेदनले एनआरएनए लगायत सम्पूर्ण नेपाली समुदायको मन गहिरो गरी छोएको छ।
‘प्रोजेक्ट कर्णाली’ अन्तर्गत विद्यालय पुनर्निर्माणको पहल
NRNA नेदरल्याण्डले “प्रोजेक्ट कर्णाली” अन्तर्गत उक्त विद्यालयमा ३ वटा पक्की कक्षा कोठा र २ वटा शौचालय निर्माण गर्ने निर्णय गरेको छ।
परियोजनाको अनुमानित लागत ३० लाख नेपाली रुपैयाँ रहेको छ।
भूकम्प गएको समयमा नै यस कार्यकालको एनसिसी प्रोजेक्ट कर्णालीमा केन्द्रित गरिने निर्णय भएको थियो। त्यसैअनुसार:
-
गत वर्ष €1414.09 बराबरको चन्दा संकलन गरिएको थियो।
-
च्यारिटी डिनर कार्यक्रमबाट €1190 को शुद्ध आम्दानी भएको थियो।
-
अझै बाँकी रहेको रकम संकलन गर्नका लागि नेदरल्याण्डवासी सम्पूर्ण नेपाली समुदायलाई सहकार्य र साथको आग्रह गरिएको छ।
“दुई घण्टाको तलबले शिक्षा सुरक्षित बनाऔं” – NRNA को अपील
संघले सबै नेपाली तथा नेपाली भाषी दाजुभाइ–दिदीबहिनीहरूलाई कम्तीमा दुई घण्टाको तलब बराबरको सहयोग गर्न आग्रह गरेको छ।
यो योगदानले विकट कर्णालीका बालबालिकाहरूलाई सुरक्षित र सम्मानजनक वातावरणमा पढ्न पाउने अवसर प्रदान गर्नेछ।
१५० युरोभन्दा बढी सहयोग गर्ने सहयोगीहरूको नाम विद्यालयको नयाँ भवनमा शिलालेखमार्फत राखिनेछ।
📺 स्थलगत भिडियो हेर्नुहोस्:
सहयोग पठाउने विवरण:
बैंक ट्रान्सफर:
-
Name: NRN The Netherlands
-
IBAN: NL95ABNA0455518513
-
Reference: Donation for Karnali School
अनलाइन डोनेशन लिङ्क:
🔗 https://nrna.nl/donate/help-karnali/