क्रोएशियामा सडक दुर्घटनामा एक नेपालीको मृत्यु, मृतकको शव नेपाल ल्याउन सहयोगको अपिल

everest kitchen

क्रोएशिया । क्रोएशियामा कार्यरत ४४ वर्षीय नेपाली नागरिक रवि महतो सुडीको Austria जाने क्रममा भएको सडक दुर्घटनामा निधन भएको दुःखद समाचारले सम्पूर्ण नेपाली समुदायलाई शोकमा डुबाएको छ।

स्व. महतो सर्लाही जिल्लाका स्थायी बासिन्दा थिए र हाल क्रोएशियामा हेभी ड्राइभरको रूपमा कार्यरत थिए। Austria जाँदै गर्दा बाटोमै भएको दुर्घटनामा उनको मृत्यु भएको पुष्टि गरिएको छ।

महतोको असामयिक निधनले परिवार र प्रवासी नेपाली समाज दुवैलाई गहिरो चोट पुर्‍याएको छ। NRNA क्रोएशिया र अन्य नेपाली संघ-संस्थाहरूलाई स्व. रविको पार्थिव शरीर यथाशक्य चाँडो नेपाल पुर्‍याउन र आवश्यक सहयोग र समन्वय गर्न हार्दिक अनुरोध गरिएको छ।