टोकियो, जापान – टोकियोस्थित नेपाली राजदूतावासले राहदानी, कन्सुलर सेवा तथा भिसा सम्बन्धी जानकारी लिन चाहने सेवाग्राहीका लागि महत्त्वपूर्ण सूचना सार्वजनिक गरेको छ।
राजदूतावासका अनुसार सोमबारदेखि शुक्रबारसम्म बिहान ९ बजे देखी बेलुका ५ बजेसम्म सम्पर्क गर्न सकिनेछ। यस अवधिमा राहदानी नवीकरण, नयाँ राहदानी आवेदन, कन्सुलर कार्य तथा भिसा सम्बन्धी सम्पूर्ण जानकारी प्राप्त गर्न सकिनेछ।
सेवाग्राहीहरूले तल उल्लेखित टेलिफोन नम्बरमा सोधपुछ गर्न सक्नेछन्:
सम्पर्क नम्बर: ०३-३७१३-६२४१ (03-3713-6241)
त्यस्तै, जुनसुकै समयमा राजदूतावासको आधिकारिक इमेल eontokyo.consular@gmail.com मा सन्देश पठाएर समेत आवश्यक जानकारी लिन सकिनेछ।
साथै, दिउँसो १ बजेदेखि २ बजेसम्म Lunch Break हुने जानकारी समेत राजदूतावासले गराएको छ। सो समयमा टेलिफोन सेवा उपलब्ध नहुने हुनाले सेवाग्राहीहरूलाई सो समयभन्दा बाहिर सम्पर्क गर्न अनुरोध गरिएको छ।
राजदूतावासले जापानमा बसोबास गर्ने नेपाली समुदायलाई आवश्यक सेवा सहज रुपमा प्रदान गर्न यो सूचना जारी गरेको हो।