ईद उल-अजहाको अवसरमा रियादस्थित नेपाली राजदूतावास बन्द हुने

everest kitchen

रियाद, साउदी अरेबिया – इस्लाम धर्मावलम्बीहरूको महत्वपूर्ण चाड ईद उल-अजहा (Eid Al-Adha) १४४६ को पावन अवसरमा, रियादस्थित नेपाली राजदूतावासले बिदा दिने घोषणा गरेको छ।

राजदूतावासले सम्पूर्ण मुस्लिम दाजुभाइ तथा दिदीबहिनीहरूलाई ईदको शुभकामना व्यक्त गर्दै २०८२ साल जेठ २२ गते बिहीबार (०५ जुन २०२५)२०८२ जेठ २५ गते आइतबार (०८ जुन २०२५) का दिन राजदूतावास बन्द रहने जानकारी गराएको छ।

राजदूतावासले सबै सेवाग्राहीहरूलाई पूर्व सूचना अनुसार आवश्यक कार्य अग्रिम रुपमा सम्पादन गर्न अनुरोध गरेको छ। साथै, याद गराइएको छ कि हरेक शुक्रबार र शनिबार राजदूतावास नियमित रूपमा बन्द हुने गर्दछ।