सुदूरपश्चिमेली नेपाली समाज, मलेसिया (जोहोर बारु) क्षेत्रीय समितिको पहिलो बैठक सम्पन्न — लक्ष्मण बहादुर साऊद अध्यक्षमा चयन

everest kitchen

जोहोर बारु, मलेसिया – जून २, २०२५
सुदूरपश्चिमेली नेपाली समाज, मलेसिया अन्तर्गत जोहोर बारु क्षेत्रीय समितिको पहिलो बैठक यही २०२५ जुन २ (सोमबार) सम्पन्न भएको छ। बैठकले सर्वसम्मत निर्णयमार्फत श्री लक्ष्मण बहादुर साऊदलाई क्षेत्रीय समितिको अध्यक्षमा चयन गरेको छ।

यस अवसरमा समितिले अन्य क्षेत्रीय सदस्यहरूलाई पनि औपचारिक रूपमा मनोनयन गरेको छ। नवगठित समितिका सम्पूर्ण पदाधिकारी र सदस्यहरूलाई हार्दिक बधाई एवं सफल कार्यकालको लागि शुभकामना व्यक्त गरिएको छ।

समाजले विश्वास व्यक्त गरेको छ कि नवगठित नेतृत्व टोलीको सक्रिय सहभागिता, प्रतिबद्धता र सामूहिक प्रयासले सुदूरपश्चिमेली नेपाली समुदायको एकता, सांस्कृतिक पहिचान र सामाजिक समृद्धि प्रवर्द्धन गर्न महत्वपूर्ण भूमिका खेल्नेछ।

सुदूरपश्चिमेली नेपाली समाज, मलेसिया – जोहोर बारु क्षेत्रीय समितिले आगामी दिनमा प्रवासी नेपालीहरूको हकहित, सहयोग, र सामुदायिक विकासका विविध कार्यक्रमहरू अघि बढाउने प्रतिबद्धता व्यक्त गरेको छ।