कुवेत, जुन ३, २०२५ — गैरआवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद् (एनसिसि) कुवेतका महासचिव मनिष केसीले पदबाट राजिनामा दिएका छन्। एनसिसि कुवेतले उक्त राजिनामा १ जुन २०२५ देखि लागू हुने गरी स्वीकृत गरेको छ।
महासचिव केसीले १९ मे २०२५ मा आफ्नो व्यक्तिगत व्यस्तता कारण देखाउँदै संघको कार्य जिम्मेवारी पूरा गर्न नसक्ने भन्दै लिखित रूपमा राजिनामा बुझाएका थिए। एनसिसि कुवेत सचिवालयले बैठक बसेर उक्त राजिनामा औपचारिक रूपमा स्वीकृत गरेको हो।
संघले केसीको योगदानप्रति आभार व्यक्त गर्दै आगामी दिनमा उनको व्यक्तिगत तथा पेशागत जीवन सफल रहोस् भन्ने शुभकामना पनि व्यक्त गरेको छ।
एनआरएनए कुवेतले अब रिक्त पदमा आवश्यक प्रक्रिया अनुसार नयाँ महासचिव चयन गर्ने बताइएको छ।