आम्स्टर्डाम, नेदरल्याण्ड — जुन ३, २०२५
गैरआवासीय नेपाली संघ (एनआरएनए) नेदरल्याण्डको पहलमा, नेपाली राजदूतावास ब्रसेल्सबाट राहदानी सेवाका लागि घुम्ती टोली यही १२ जुन २०२५ का दिन आम्स्टर्डाम आउने भएको छ।
नेदरल्याण्डमा बसोबास गरिरहेका नेपाली नागरिकहरूलाई पुरानो एमआरपी (MRP) राहदानी नविकरण गर्न वा नयाँ विद्युतीय राहदानी (e-Passport) बनाउन सहज होस् भन्ने उद्देश्यले उक्त सेवा प्रदान गरिन लागेको हो।
अनिवार्य प्रि-इनरोलमेन्ट :
नेपाल सरकारद्वारा तोकिएको अनलाइन फारम अनिवार्य रूपमा ९ जुन २०२५ भित्र भरी सक्नु पर्नेछ। फारम भरेपछि त्यसको प्रिन्ट, पुरानो राहदानी र नागरिकताको प्रतिलिपि सहित biometrics दिन १२ जुनमा उपस्थित हुनुपर्नेछ।
स्थान, मिति र समय:
-
स्थान: Consulaat Generaal voor Nepal in Nederland
Walenpleintje 157, 1012JZ Amsterdam -
मिति: १२ जुन २०२५, बिहीबार
-
समय: बिहान ११:०० बजे देखि अपराह्न ४:०० बजेसम्म
अनलाइन फारम भरिँदा अपलोड गर्नुपर्ने कागजात:
-
हालको राहदानीको अगाडि र पछाडिको स्क्यान कपी
-
नागरिकताको अगाडि र पछाडिको स्क्यान कपी
-
आईडी कार्ड
-
१६ वर्ष मुनिका नाबालकको हकमा: नाबालक परिचय पत्र, बाबुआमाको नागरिकता र विवाह दर्ता
-
फारम भरेपछि “Book Your Appointment” मा क्लिक गरी NE Brussels विकल्प छानी मिति छान्नुहोस्
नोट: १२ जुनको मिति तुरुन्तै भरिन सक्ने भएकाले, उपलब्ध अन्य मिति पनि रोज्न सकिनेछ।
आवश्यक इमेल जानकारी:
फारम भरिसकेपछि डाउनलोड गरिएको फारम, राहदानी र नागरिकताको कपी सहित:
-
इमेल पठाउने ठेगाना: eonbrussels@mofa.gov.np
-
Subject Line: Amsterdam + आफ्नो पूरा नाम
राहदानी शुल्क विवरण (नगदमा):
-
नयाँ वा नविकरण (३४ पेज): €120
-
हराएको वा नष्ट भएको राहदानी सट्टा: €180
-
नाबालकको राहदानी: €60
-
Note: पिन मेशिन उपलब्ध नहुने भएकाले शुल्क नगदमै ल्याउनु पर्नेछ।