बुरैदा अल कासिममा राहदानी नवीकरणका लागि २० जुनमा घुम्ति शिविर सञ्चालन हुने

everest kitchen

बुरैदा, साउदी अरब – साउदी अरबको अल कासिम प्रदेश अन्तर्गत बुरैदा शहरमा राहदानी नवीकरणका लागि २०२५ जुन २० तारिख, शुक्रबारका दिन घुम्ति शिविर सञ्चालन हुने भएको छ।

शिविर Rahat Al Salam Hotel, King Abdulaziz रोड, At Taghirah, Buraydah 52361 मा आयोजना गरिनेछ। राहदानी नवीकरण गराउन इच्छुक नेपाली नागरिकहरूलाई तोकिएको मिति र स्थानमा आवश्यक कागजातसहित समयमै उपस्थित हुन नेपाली राजदूतावास, रियाद (Embassy of Nepal, Riyadh)ले गरेको छ ।

👉 लोकेसन लिंक: यहाँ क्लिक गर्नुहोस्

शिविरमा उपस्थित हुने व्यक्तिहरूले राहदानीको सक्कल प्रतिलिपि, नागरिकता/नेपाली परिचयपत्र (यदि छ भने), फोटो, र अन्य आवश्यक कागजातहरू साथमा ल्याउनु पर्नेछ।

यस घुम्ति सेवा मार्फत बुरैदा तथा आसपासका नेपालीहरूले सहज रूपमा राहदानी नवीकरण गराउन सक्नेछन्, जसले समय र श्रमको बचत हुनुका साथै सेवाको पहुँचमा समेत सुधार हुने अपेक्षा गरिएको छ।

थप जानकारीका लागि नेपाली दूतावास वा स्थानीय स्वयंसेवी संस्थाहरूसँग सम्पर्क गर्न नेपाली राजदूतावास, रियादले आग्रह गरेको छ ।