दुबईस्थित नेपाली दूतावासमा राहदानी वितरण सुरु — संलग्न सूची अनुसारको राहदानी तयार

everest kitchen

दुबई, संयुक्त अरब इमिरेट्स (UAE) – संयुक्त अरब इमिरेट्सस्थित नेपाली राजदूतावासले राहदानी तयार भई दूतावासमा आइपुगेको जानकारी सार्वजनिक गरेको छ। दूतावासले सार्वजनिक गरेको संलग्न सूची अनुसारका व्यक्तिहरूका नयाँ राहदानीहरू तयार भइसकेको छ र वितरण प्रक्रिया सुरु हुने भएको हो।

📄 राहदानी सूची हेर्न यहाँ क्लिक गर्नुहोस्:
🔗 Ready Passport List – Embassy of Nepal, UAE

दूतावासका अनुसार, राहदानी वितरण कार्य हरेक दिन दिउँसो १ बजेपछि मात्र गरिनेछ। तसर्थ, राहदानी लिन आउने सबै सेवाग्राहीहरूलाई तोकिएको समयपछि मात्र उपस्थित हुन अनुरोध गरिएको छ।

दूतावासले राहदानी लिन आउँदा पुरानो राहदानी, राहदानी प्राप्तिको रसिद वा पहिचान खुल्ने कागजात अनिवार्य साथमा ल्याउन पनि अनुरोध गरेको छ।