NRNA अष्ट्रेलियाको सदस्यता संख्या २ हजार २९० पुग्यो, सम्भावित संख्या ४ हजार नाघ्यो

everest kitchen

सिड्नी, जेठ २२ – गैरआवासीय नेपाली संघ (NRNA) अष्ट्रेलियाको आगामी कार्यकाल (२०२५–२०२७) का लागि हालसम्म २ हजार २९० सदस्यले आधिकारिक रूपमा सदस्यता लिइसकेका छन्।

NRNA अष्ट्रेलियाले सार्वजनिक गरेको पछिल्लो तथ्यांकअनुसार सबैभन्दा धेरै सदस्यता वेष्टर्न अष्ट्रेलिया राज्यबाट लिइएको छ, जुन राज्यको सक्रिय सहभागिता उल्लेखनीय देखिएको छ।

साथै, हालसम्म १ हजार ३८७ जनाले सदस्यता रकम तिरेर प्रमाणिकरण हुन बाँकी छ भने १ हजार १७१ जनाले रकम तिर्न बाँकी रहेको छ। यी दुवै समूहलाई जोड्दा कुल सम्भावित सदस्यता संख्या ४ हजार ८४८ पुगेको संघले जनाएको छ।

सदस्यता लिन चाहनेहरूका लागि अन्तिम मिति जुन ६ (बिहीबार) तोकिएको छ। त्यसपछि सदस्यता प्रक्रिया बन्द हुनेछ।

NRNA अष्ट्रेलियाले सबै इच्छुक गैरआवासीय नेपालीहरूलाई समयमै सदस्यता लिन र संघको आगामी अधिवेशन तथा नेतृत्व चयन प्रक्रियामा सहभागी हुन आह्वान गरेको छ।