गुम्मा, जापान – नेपाल मगर संघ जापान क्षेत्रीय समिती गुम्माले तेश्रो अधिवेशन आगामी ६ जुलाई २०२५ (आइतबार) मा आयोजना गर्ने भएको छ। अधिवेशन बिहान ११:०० बजे देखि नमस्ते रेस्टुरेन्ट एण्ड बार, मायबासी, गुम्मा मा सम्पन्न हुने छ।
संघले जारी गरेको सूचना अनुसार, अधिवेशनमा मगर समुदायको पहिचान, संस्कृति, कला, भाषा र एकताका सवालमा गम्भीर छलफल र भविष्यका योजनाहरू प्रस्तुत गरिनेछ। साथै, संघको सांगठानिक सुदृढीकरण र आगामी कार्यक्रमहरूबारे रणनीति तय गरिने बताइएको छ।
नेपाल मगर संघ जापान क्षेत्रीय समिती गुम्माले उक्त अवसरमा सम्पूर्ण जापानवासी मगर समुदायका सदस्यहरूलाई गरिमामय उपस्थितिका लागि हार्दिक निमन्त्रणा गरेको छ।
“नभुलौं कहिल्यै मातृभूमिलाई, जो जहाँ बसे पनि जोगाइ राखौं हाम्रो कला र संस्कृतिलाई” भन्ने मूल नाराका साथ आयोजना हुन लागेको यस अधिवेशनले मगर समुदायभित्रको एकता र सहकार्यलाई थप मजबुत बनाउने विश्वास गरिएको छ।
कार्यक्रममा जापानका विभिन्न क्षेत्रबाट मगर संघका प्रतिनिधिहरू, अग्रजहरू, युवा तथा महिलाहरूको सहभागिता रहने अपेक्षा गरिएको छ।